ad ad

रोचक


प्रशिक्षक पाइलट उडानकै क्रममा बेहोस भएपछि प्रशिक्षार्थी अत्तालिए तर...

प्रशिक्षक पाइलट उडानकै क्रममा बेहोस भएपछि प्रशिक्षार्थी अत्तालिए तर...

नेपालखबर
भदौ १६, २०७६ सोमबार ६:५३,

शनिबार अस्ट्रेलियामा प्रशिक्षक पाइलटले प्रशिक्षार्थी म्याक्स सिलभेस्टरलाई लाइट विमान कसरी उडाउने भनेर विमान उडाएर देखाइरहेका थिए।

सिलभेस्टर आफ्ना प्रशिक्षक छेउमै बसेर विमान उडाउने शिक्षा सिकिरहेका थिए। तर अचानक प्रशिक्षक पाइलट बेहोस भए।

विमान अनियन्त्रित हुँदै थियो। सिल्भेस्टरले विमान कसरी उडाने भनेर किताबमा मात्र पढेका थिए। उनी पहिलोपटक विमानमा चढेर विमान उडाउने शिक्षा लिइरहेका थिए।

केहीक्षण त उनी अत्तालिए यद्यपी उनले ट्राफिक कन्ट्रोललाई प्रशिक्षक पाइलट बेहोस भएको खबर सुनाए।

ट्राफिक कन्ट्रोलले आफूले जे भन्छौं त्यही कुरालाई मान्न आग्रह गरे। प्रयोगात्मक रुपमा विमानका प्रणाली नचलाएको हुनाले उनी विश्वस्त थिएनन्।

तर उनले साहस देखाए। उनले ट्राफिक कन्ट्रोलले भनेको माने। विमान सकुशल अवतरण भयो।

बीबीसीका अनुसार विमान दुर्घटनाबाट जोगियो। पर्थस्थित जान्डाकोट विमानस्थलमा विमान अवतरण गराइरहँदा सिल्भेस्टरका परिवार त्यहाँ आइसकेका रहेछन्।

विमानस्थल अधिकारीका अनुसार विमानमा त्यस्तो कुनै क्षति पुगेको छैन। विमानलाई व्यावसायिक पाइलटले जसरी उडाएको भन्दै यतिबेला सिल्भेस्टरको प्रशंसा भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .