ad ad

राजनीति


भूमिहिनका समस्या समाधान हुन्छ, शंका नगर्नुस्ः मन्त्री अर्याल

भूमिहिनका समस्या समाधान हुन्छ, शंका नगर्नुस्ः मन्त्री अर्याल

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १३:४८,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनलाई अनावश्यक हल्ला गरिएको बताएकी छन्।

सामुदायिक आत्मनिर्भर केन्द्रको बाह्रौं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले लामो समयपछि भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन ल्याएको बताइन्। उनले ती कानुनभित्र रहेका राम्रा पक्षको चर्चै नगरेर एउटा विषयलाई मात्र बढी चर्चा गरिएको गुनासो पनि गरिन्।

‘हामीले लामो समयपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन ल्याएका छौ’, मन्त्री अर्यालले भनिन्, ‘यसका राम्रा विषय चर्चा नै नगर्ने। तर एउटा विषयलाई अनावश्यक हल्ला गरेर भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका कुरा ओझेलमा पार्ने षड्यन्त्र त भएको छैन कि? भन्ने शंका उब्जिएको छ ।’

 हिजोका दिनमा विभिन्न कारणले सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबासीका समस्या समाधान हुन नसकेको भन्दै तर अहिलेको सरकार ती समस्या समाधान गर्न लागेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .