ad ad

समाज


राजनितिक भागभण्डाले संस्थाहरुमा अस्थिरता: मुख्यमन्त्री गुरुङ

राजनितिक भागभण्डाले संस्थाहरुमा अस्थिरता: मुख्यमन्त्री गुरुङ

वाशुदेव मिश्र
भदौ ३०, २०७६ सोमबार १४:०,

यसवर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नागरिक राष्ट्रिय दैनिकका पत्रकार सन्देश श्रेष्ठलाई प्रदान गरिएको छ। रेडियो अन्नपूर्ण र आर्थिक आवाजमा समेत आवद्ध पत्रकार श्रेष्ठलाई पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा सहयोग गरेको भन्दै सहारा क्लवले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा सोमबार सम्मान गरिएको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार श्रेष्ठलाई नगद २० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन्। २०६१ सालदेखि पत्रकारिता गरेका श्रेष्ठले सम्मानपछि बोल्दै खेलकुदको विकासमा सबैको हातेमालो हुनुपर्ने बताए।‘सहारा क्लबले यो प्रमाणित गरिसकेको छ कि कुन स्तरको संस्था हो भनेर,राष्ट्रिय टोलीले प्रशिक्षणको लागि एकेडेमीको मैदान प्रयोग गर्नुले प्रष्ट पारेको छ’, उनले भने। तर,क्लबलाई सम्बन्धित निकायले सौतेनी व्यवहार गरेको हो कि भन्ने शंका रहेको बताए।

सहारा क्लवका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा रहेको नौ सदस्य प्रतिभा छनौट समितिले पुरस्कारका लागि पत्रकार श्रेष्ठको नाम सिफारिस गरेको थियो। क्लवले वर्षेनी खेलकुद पत्रकारितालाई प्रथामिकता दिएर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पुर्या‍उने एक जना खेल पत्रकारलाई आफ्नो वार्षिकोत्सवमा सम्मान गर्दै आएको छ।

सो कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक हस्तक्षेपबाट मुक्त संघ/स्थाहरुमा राम्रो काम भैरहेको बताएका छन्। नेपालमा राजनीतिक भागभण्डाकै कारण धेरै संस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री गुरुङले राजनितिक हस्पक्षेप मुक्त संस्थाहरुले तुलानात्मक रुपमा राम्रो भएको आफूले पाएको बताए।

सहारा क्लवको ११ औँ अधिवेशनको अवसरमा सोमबार बौल्दै मुख्यमन्त्री गुरुङले हिमालयन आखा अस्पताल पोखरा, एसओएस बालग्राम पोखरा र सहारा क्लव पोखरा राम्रो काम गर्ने सस्थाहरु भएको उदाहरण दिए। ‘यी सस्थाहरुले सरकारबाट हालसम्म अनुदान पाएका छैनन् तर विभिन्न क्षेत्रबाट रकम जम्मा गरेर उदाहरणीय काम गरिरहेका छन’ उनले भने ‘यस्ता सस्थाहरुलाई प्रदेश सरकारले सधै पोत्साहन गर्छ र आवश्यक सहयोग गर्छ।’ हिमालयन आखा अस्पताललाई ५० लाख, एसओएस बालग्रामलाई एक करोड सहयोग गरिएको समेत उनले जानकारी दिए।

सहारा एकेडेमी पोखरामा रहेका २४ जना जुनियर खेलाडीको सहयोगार्थ लाग्ने वार्षिक खर्च २० देखि ३० लाख खर्च प्रदेशले ब्यहोर्ने समेत पनि मुख्यमन्त्रीले घोषणा गरे। मुख्यमन्त्रीले राम्रो काम गर्ने संघ/संस्थाले प्रदेशले अनुदान दिने योजना प्रदेशको रहेको समेत सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .