ad ad

राजनीति


बागमतीमा सरकार विस्तार : एक वर्षपछि अर्थमै फर्किए थपलिया

बागमतीमा सरकार विस्तार : एक वर्षपछि अर्थमै फर्किए थपलिया

नेपालखबर
चैत १७, २०८० शनिबार १८:४९, मकवानपुर (हेटौंडा)

बागमती प्रदेश सरकारमा नेकपा एमालेले इन्ट्री गरेको छ। एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका हुन्।

थपलिया अर्थमन्त्रीमा नियुक्त भएसँगै आजै पद तथा गोपनियताको समथ ग्रहण गरेका छन्। 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार ९ बमोजिम थपलियालाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

प्रदेश सरकारको दोस्रो कार्यकालमा थपलिया दोस्रो पटक अर्थ मन्त्री बनेका छन्।

यसअघि २६ पुस २०७९ मा अर्थ मन्त्रीमै नियुक्त भएका थपलियाले केन्द्रीय सत्ता समीकरण फेरिएसँगै १० चैत्र २०७९ मा पदबाट राजीनामा दिएका थिए।

अघिल्लो बर्ष चैतको दोस्रो हप्ता बागमती प्रदेश सरकारबाट बाहिरिएको  एमालेले पछिल्लो बर्ष चैतको तेस्रो हप्ता सरकारमा प्रवेश पाएको हो।

यो एक बर्ष नेकपा एमाले प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको थियो। 

थपलिया मुख्यमन्त्रीकै दौडमा थिए। तर केन्द्रले हाल बागमतीको नेतृत्व माओवादीले नै लिने भन्ने निर्देशन दिएपछि व्याक हुनपरेको हो।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै एमालेका बाँकी मन्त्री नियुक्त हुने एमाले बागमतीका सचेतक मधूसुदन पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .