भारतको खेलकुद मन्त्रालयले महिला फुटबल खेलाडीलाई एकजना पुरुष प्रशिक्षकले शारीरिक दुर्व्यवहार गरेको घटनालाई गम्भीरतापूर्वक लिएको छ।
खेलकुद मन्त्री अनुराग ठाकुरले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा खेलकुद मन्त्रालयले गोवामा चलिरहेको इन्डियन वुमेन्स लिगका क्रममा महिला खेलाडीलाई पुरुष प्रशिक्षकले दुर्व्यवहार गरेको भन्ने आरोपलाई गम्भीरताका साथ लिएको बताएका हुन्।
गोवामा चलिरहेको इन्डियन वुमेन्स लिगका क्रममा अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) का सदस्य दीपक शर्माले होटलको कोठामा आफूहरूलाई शारीरिक रूपमा दुर्व्यवहार गरेको महिला फुटबलरहरूले गुनासो गरेका छन्।
सो घटनाका दोषीलाई तत्काल कारबाही गर्न र महिला खेलाडीहरूको सुरक्षा सुनिश्चित गर्न अखिल भारतीय फुटबल महासंघलाई खेलकुदमन्त्री ठाकुरले आदेश दिएका छन्।
— Anurag Thakur (मोदी का परिवार) (@ianuragthakur) March 30, 2024The ministry of Sports has taken a serious note of an alleged physical assault upon women footballers by an official during the ongoing Indian Women's League in Goa. All India Football Federation (AIFF) has been directed to take quick action and ensure the safety and security of… https://t.co/1s2lwCz98l
Shares
प्रतिक्रिया