ad ad

राजनीति


बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

सरकालाई दिएको समर्थन पनि फिर्ता
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाउँदै एमालेका मन्त्रीहरु


सुनिता विष्ट
असार २४, २०८१ सोमबार ११:३१, हेटौँडा

बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। 

आज (सोमबार) प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन्। उनीहरुले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको जानकारी दिएका छन्।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै एमालेका मन्त्रीहरुले सरकार छोडेका हुन्। यससँगै नेकपा माओवादी नेतृत्वको बागमती सरकार अल्पमतमा परेको छ। 

वर्तमान सरकारलाई अल्पमतमा पारेर सत्ता हत्याउनका लागि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन्। अब बागमतीमा केन्द्रकै ढाँचामा एमाले र कांग्रेसको सत्ता गठबन्धनको सरकार बन्ने बाटो खुलेको छ।

यता, सरकारबाट एमाले बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सदनमा विश्वासको मत फेस गर्ने बताए। 

एमालेका मन्त्रीहरुको राजीनामा बुझ्दै मुख्यमन्त्री जम्मकट्टेलले सँगैको सहयात्रा सहज भएको र आगामी दिनका लागि यो यात्रा टुट्नु दुखद् भएपनि राजनीतिमा आएको उथलपुथललाई स्वीकार्नुको विकल्प नभएको बताए। साथै उनले केही दिनमा नै सदनमा विश्वासको मत माग्ने समेत जानकारी दिए। 

बागमती प्रदेश सरकारमा एमालेका ५ जना मन्त्री थिए। आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, खानेपानी उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठ, स्वाथ्य मन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातारण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ सरकारमा सहभागी थिए।  

२० चैत २०८० मा मन्त्री नियुक्त भएका एमालेका मन्त्रीहरुले राजनीतिक सत्ता समीकरण बदलिएसँगै सरकारबाट बाहिरिएका हुन्। अर्थमन्त्री थपलिया भने दुईदिन अघि अर्थात चैत १७ गते नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .