ad ad

राजनीति


दुई बिहे गरेका र ८ सन्तान भएका यी मन्त्रीले जनतालाई भने- धेरै बच्चा जन्माउनू!

दुई बिहे गरेका र ८ सन्तान भएका यी मन्त्रीले जनतालाई भने- धेरै बच्चा जन्माउनू!

मन्त्री बाबुलाल खराडी


नेपालखबर
पुस २५, २०८० बुधबार १३:३२, काठमाडौँ

भारतस्थित राजस्थान सरकारका मन्त्री बाबुलाल खराडीले जनतालाई बढी सन्तान जन्माउन आग्रह गरेका छन्। 

राजस्थानमा भजनलाल शर्माको सरकारमा आदिवासी क्षेत्र विकास मन्त्री रहेका खराडीले स्थानीय नागरिकलाई धेरै बच्चा जन्माउन अपिल गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले घर बनाइदिने भएकाले समस्या नहुने बताएका हुन्।  

कोही खाना र छानाविहीन नहुन् भन्ने सपना प्रधानमन्त्री मोदीको रहेको उनले बताए।

मंगलबार उदयपुरमा आयोजित जनसभामा बोल्दै मन्त्री खराडीले भने, ‘कोही खाना र छानाविहीन भएर बाँच्न नपरोस् भन्ने प्रधानमन्त्री नरेन्द्र मोदीको सपना हो, तपाईंले धेरै सन्तान जन्माउनुपर्छ। प्रधानमन्त्रीले घर बनाइदिनुहुन्छ त समस्या के छ?’ 

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार उदयपुरका बाबुलाल खराडीले दुईपटक विवाह गरेका छन् भने आठ सन्तान छन्।

उनले यसो भनिरहँदा मञ्चमा प्रदेशका मुख्यमन्त्री भजनलाल शर्मा पनि सँगै थिए।

‘विकास भारत संकल्प यात्रा’ को सन्दर्भमा उदयपुरमा यो कार्यक्रम आयोजना गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .