ad ad

कला


तोकियो बहुप्रतिक्षित बलिउड फिल्म ‘बडे मियाँ छोटे मियाँ’को प्रदर्शन मिति

तोकियो बहुप्रतिक्षित बलिउड फिल्म ‘बडे मियाँ छोटे मियाँ’को प्रदर्शन मिति

नेपालखबर
पुस २५, २०८० बुधबार १३:४३, काठमाडौँ

बहुप्रतिक्षित बलिउड फिल्म ‘बडे मियाँ छोटे मियाँ’को प्रदर्शन मिति तोकिएको छ। अक्षय कुमार र टाइगर श्राप स्टारर यो फिल्म आगामी चैत २८ अर्थात् अप्रिल १० देखि रिलिज हुँदै छ। 

फिल्मका मुख्य अभिनेता अक्षय कुमारले इन्स्टाग्राममा पोस्टर सेयर गर्दै रिलिज डेटबारे जानकारी दिएका हुन्।

बडे र छोटे मियासँग भेट्ने समय आइरहेको छ। मात्र तीन महिनापछि हामीलाई थिएटरमा भेट्नुपाउनुहुनेछ उनले लेखेका छन्। 

अली अब्बास निर्देशित यो फिल्म एक्सन र कमेडी जनरामा निर्माण गरिएको छ। पूजा एन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता वासु भगनानी र जैकी भगनानी हुन्।

फिल्ममा अक्षयकुमार र टाइगरको मस्तीसहित एक्सन हेर्न पाइनेछ। साथै यस फिल्ममा साउथ अभिनेता पृथ्वीराज सुकुमारन खलनायक बनेका छन्।

‘बडे मियाँ छोटे मियाँ’का धेरै स्टन्ट दृश्य हलिउड एक्सपर्टको टोलीसँग खिचिएका छन्। यस फिल्ममा अक्षय कुमार, टाइगर र सुकुमारनसहित सोनाक्षी सिन्हा, मानुषी छिल्लर र अलाया एफलगायतले अभिनय गरेका छन्। 

फिल्ममा सन् १९९५ मा यही नामको फिल्म बनेको थियो। जसमा अमिताभ बच्चन र गोविन्दाको मुख्य भूमिकामा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .