भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताको लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको बताएका छन्।
नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आईतवार बोल्दै मन्त्री अधिकारीले घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानूनी अड्चन र मूल्यको बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न घरजग्गा कारोबार व्यवस्थित र व्यवसायिक हुनुपर्नेमा जोड दिए।
‘घरजग्गा व्यवसायीहरुले व्यवसायीक मर्यादामा रही प्रचलित कानूनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण तयार हुन सकेमा रियल इस्टेट व्यवसायले नेपालमा पनि प्रतिष्ठित व्यवसाय बन्ने सम्भावना छ। घरजग्गा कारोबारलाई पारदर्शीता कारोबार गर्ने विषय प्रमुख चुनौतीको रुपमा देखा परेको छ। कानून बमोजिक व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले त्यस्तो कारोबार करको दायरामा आउन नसक्दा राज्यले राजश्व गुमाएको अवस्था छ भने लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानूनी संरक्षणसमेत कठिन हुने अवस्था छ,’ मन्त्री अधिकारीले भने।
मन्त्री अधिकारीले घरजग्गा व्यवसायीहरुले व्यवसायिक मर्यादामा रही प्रचलित कानूनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण भएमात्रै रियल स्टेट व्यवसाय सबल हुनसक्ने उल्लेख गरे।
उनले घरजग्गा कारोबारलाई पारदर्शीता बनाउनु प्रमुख चुनौतिका रुपमा देखापरेको बताए। मन्त्री अधिकारीले कानून बमोजिक व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले राज्यले अर्बौंको राजश्व गुमाउनुपरेको बताए।
‘घरजग्गा कारोबार शिथिल भएको अवस्थाले राष्ट्रिय अर्थतन्त्रमा पनि असर परेको छ। त्यसलाई कम गर्न सरकारले विभिन्न प्रयास गरिहेको छ। कित्ताकाटमा देखिएको समस्या समाधान गर्न भू–उपयोग नियमावली २०७९ संशोधन गरी सहजीकरण गरेको छ,’ मन्त्री अधिकारीले भने, ‘घरजग्गामा लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न भूमिसम्बन्धि ऐनमा आवश्यक संशोधन गरेको छ। कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन २०३४लाई संशोधन गरी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ।’
कारोबार व्यवस्थित नहुँदा लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानूनी संरक्षणसमेत कठिन मन्त्री अधिकारीले भएको बताए।
नेपालमा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन जरुरी रहेको बताउँदै उनले व्यवसायिकताको विकास, पारदर्शीता,जिम्मेवार परामर्श ग्राहकलाई अधिकतम छनोटको अवसर दिँदा घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोण परिर्वतन हुने अवस्था रहेको पनि बताए।
घरजग्गा कारोबार शिथिल भएको अवस्थाले राष्ट्रिय अर्थतन्त्रमा पनि असर परेको उनले बताए।
उनले घरजग्गामा लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न भूमिसम्बन्धि ऐनमा आवश्यक संशोधन गरेको उल्लेख गरे।
Shares
प्रतिक्रिया