जुम्लामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ। जुम्लाका जिल्ला निर्वाचन अधिकारी महेश शर्माले १ बजेबाट मतगणना गर्ने सर्वदलिय बैठकमा सहमति भएको जानकारी दिए।
उता सुर्खेत क्षेत्र नम्बर २ को मतगणना साढे ११ बजेबाट सुरु हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार मतगणना साढे ११ बजेबाट सुरु गर्न सर्वदलीय सहमति भएको छ।
सुर्खेत १ मा भने मतगणना अन्यौल बनेको छ। सुर्खेत क्षेत्र नम्बर १ को सिम्ता गाउँपालिका ६ मा स्थित एक मतदान केन्द्रमा प्रदेशको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि विवाद हुँदा मतदान स्थगित भएको छ।
33
Shares
प्रतिक्रिया