प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको धमाधम मत परिणाम सार्वजनिक भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हौसिएका छन्।
भर्खर गठित पार्टीले प्रतिनिधि सभातर्फ ४ स्थानमा अग्रता लिइरहँदा सभापति लामिछानेले अब संसदमा आफूहरू बलियो शक्तिका रूपमा उपस्थित हुने दाबी गरेका हुन्।
‘हामी धेरै महत्वपूर्ण अवस्थामा रहन्छौं, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला’, सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामी त्यो साइजमा रहन्छौं होला।’
474
Shares
प्रतिक्रिया