ad ad

राजनीति


ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा विजयी

ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा विजयी

विजयी खतिवडालाई बधाई दिँदै पराजित सु्नुवार


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १७:३१, काठमाडौँ

ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले नेकपा एमालेका यज्ञराज सुनुवारसँग बदला लिएका छन्। 

बुधबार अपरान्ह आएको अन्तिम मतपरिणामअनुसार खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी भएका हुन्। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे। यससँगै खतिवडाले सुनुवारसँग २०७४ मा व्यहोरेको हारको पनि बदला लिएका छन्। खतिवडा र सुनुवारको मतान्तर ६ हजार ८१८ रह्यो।

प्रदेशसभा सदस्यतर्फ पनि सत्ता गठबन्धनले जित निकालेको छ। प्रदेशसभा ‘क’ मा कांग्रेसकै प्रदीप सुनुवार र ‘ख’ मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .