ad ad

राजनीति


लिङ्देनले राप्रपालाई बनाए राष्ट्रिय पार्टी, समानुपातिकको मत ३ लाख नाघ्यो

लिङ्देनले राप्रपालाई बनाए राष्ट्रिय पार्टी, समानुपातिकको मत ३ लाख नाघ्यो

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १८:४६, काठमाडौँ

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघीय संसदमा राष्ट्रिय दल बनेको छ।

४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रत्यक्षमा र समानुपातिकतर्फ ३ प्रतिशत मत कटाएपछि राप्रपा राष्ट्रिय पार्टी बनेको हो। 

राप्रपाले प्रत्यक्षतर्फ ५ सिट जितिसकेको छ। त्यस्तै चितवन ३ र रुपन्देही ३ मा पनि राप्रपाका उम्मेदवार अगाडि छन्। 

लिङ्देनले गत मंसिरमा नेतृत्व लिएको एक वर्षमै राप्रपा संसदमा बलियो शक्तिका रुपमा उदाएको हो। 

यसअघि २०७४ को चुनावमा राप्रपाले प्रत्यक्षमा एक सिट मात्रै जितेपछि समानुपातिकतर्फ थ्रेस होल्ड नकटाएकोले राष्ट्रिय पार्टी बन्न सकेको थिएन।

पछिल्लो मतपरिणामअनुसार राप्रपाले समानुपातिकतर्फ शुक्रबार साँझ यो समाचार तयार पार्दासम्म ३ लाख २० हजार मत ल्याइसकेको छ।

अहिले प्रत्यक्षतर्फको मतगणना सकिने क्रममा छ। समानुपातिकतर्फ धमाधम गणना भइरहेको छ।

कूल खसेको मतको सदर मतको ३ प्रतिशत समानुपातिक र प्रत्यक्षतर्फ एक सिट जितेको दलले राष्ट्रिय दल बन्नेछ।

राष्ट्रिय दल नबनेको अवस्थामा सांसदहरुको भूमिका स्वतन्त्र हुन्छ। अहिलेको अवस्थामा समानुपातिकतर्फ एमालेको अग्रता छ भने कांग्रेस दोस्रो स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .