धनुषा क्षेत्र नम्बर ४ को ‘ख’मा नेकपा एमालेका उम्मेदवार हरिनारायण महतो विजयी भएका छन्।
उनले सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका शत्रुधन महतोलाई हराएका हुन्।
महतोले २०६४ देखि सबै निर्वाचन जितिरहेका थिए। तर यसपटक उनलाई एमाले उम्मेदवार महतोले हराइदिए।
विजयी महतोले १७ हजार ३०२ मत ल्याए। उता पराजित शत्रुधनले १५ हजार ९०६ मत ल्याए। महतोले १ हजार ३४२ मतान्तरसहित नतिजा आफ्नो पक्षमा पारे।
यहाँ संघीय संसदमा एमालेकै रघुवीर महासेठ विजयी भएका छन्। मधेश प्रदेशमा प्रतिनिधि र प्रदेशसभा दुवैमा एमाले पहिलो भएको छ।
111
Shares
प्रतिक्रिया