निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य ऊर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी सम्झौता भएको छ।
यही मंसिर ११ गते दुई कम्पनीबीच सम्झौता भएको हो। सो समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख सञ्चालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैंकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु¥याइरहेको सनफार्मरसँग सहकार्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए।
अन्य परियोजनाहरूको लागि समेत कोशेढुङ्गा साबित हुने उनको विश्वास छ।
संयुक्त राज्य अमेरिकामा सञ्चालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सयभन्दा बढी सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको छ।
कम्पनीले सौर्य ऊर्जासँगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्द्धन गर्ने उद्देश्यका साथ हालसम्म ७८ लाख ४२ हजार ७८२ युनिट स्वच्छ विद्युत् उत्पादन गरिसकेको छ।
Shares
प्रतिक्रिया