नेकपा एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन्।
शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा घरपझोङ गाउँपालिका २ मार्फाका लालचनलाई अध्यक्ष चयन गरेको हो।
एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले शनिबार जोमजोममा अधिवेशन उद्घाटन गरेका थिए।
अधिवेशनले उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक बिक र उपसचिवमा सम्राट् गौचनसहित ३१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
पार्टीको लेखा समिति संयोजकमा सुनदेवी रसाइली चयन भएकी छन्।
9
Shares
प्रतिक्रिया