बंगलादेशमा आज (आइतबार) आम निर्वाचनअन्तर्गत देशभर मतदान भइरहेको छ।
राष्ट्रियसभाका ३ सय निर्वाचन क्षेत्रमध्ये २९९ निर्वाचन क्षेत्रमा आज मतदान भइरहेको हो। नौगाउँ–२ सिटमा उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगन गरिएको छ।
प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ अवामी लिगले चौथो पटक विजयी हुने अपेक्षा गरिएको छ।
अर्कातर्फ देशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी अर्थात् बीएनपी र उनको विचारधारामा सहमत धेरै दलले यो निर्वाचन बहिष्कार गरेका छन्।
यी दलहरूले चुनावको पूर्वसन्ध्या र निर्वाचनका दिन बन्दका लागि अपिल गरेका छन्। आइतबार बिहान केही बिएनपी समर्थकले हडतालका पक्षमा धेरै ठाउँमा र्याली गरेका छन्।
प्रधानमन्त्री शेख हसिनाले केही समयअघि ढाकाको सिटी कलेज सेन्टरमा गएर मतदान गरेकी छन्। उनी गोपालगन्ज–३ बाट चुनाव लड्दै छिन्। उनका साथमा उनका छोरी साइमा वाजेद र बहिनी शेख रेहाना पनि भोट हाल्न आएका थिए।
Shares
प्रतिक्रिया