ad ad

राजनीति


जेलबाट इमरानको सन्देश: चुनाव जितेकोमा बधाई, लन्डन योजना असफल भयो (भिडिओ)

जेलबाट इमरानको सन्देश: चुनाव जितेकोमा बधाई, लन्डन योजना असफल भयो (भिडिओ)

नेपालखबर
माघ २७, २०८० शनिबार ९:४९, काठमाडौँ

पार्टी प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको आम चुनावमा पीटीआई समर्थित उम्मेदवारको ठूलो जितबारे वक्तव्य जारी गरेका छन्।

तर, इमरान खान अहिले भ्रष्टाचारको मुद्दामा जेलमा रहेकाले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत यो बयान दिइएको हो।

पूर्वप्रधानमन्त्रीको पार्टी पीटीआईले सोसल मिडिया साइट एक्समा आफ्नो आवाजमा यो वक्तव्य जारी गरेको हो।

यस सन्देशमा अदियाला जेलमा बन्दी इमरान खानले भनेका छन्, ‘भोट गरेर तपाईंले साँचो स्वतन्त्रताको जग बसाल्नुभयो। म तपाईंलाई २०२४ को चुनाव जितेकोमा बधाई दिन्छु।’

उनले अगाडि भनेका छन्, ‘तपाईंको भोटका कारण लन्डन योजना असफल भयो।’

इमरान खानको सन्देशमा पूर्वप्रधानमन्त्री नवाज शरिफविरु४ टिप्पणी गर्दै ‘३० सिट पछाडि भए पनि विजयी भाषण दिएको’ भनेका छन्। 

इमरान खानले दाबी गरेका छन्, ‘धाँधली सुरु हुनुअघि हामीले राष्ट्रिय सभामा १५० सिट जितेका थियौँ।’

उनले अगाडि भनेका छन्, ‘अहिले फारम ४५ को तथ्यांकअनुसार राष्ट्रिय सभामा १७० सिट जितेका छौँ।’

उल्लेखनीय के छ भने निर्वाचन आयोगले अन्तिम परिणाम भने घोषणा गरेको छैन। पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारको अग्रता छ।

पीटीआईले चुनावमा धाँधलीको भएको आरोप लगाएको छ तर कुनै प्रमाण पेस गर्न सकेको छैन।

इमरान खानले आफ्नो पार्टी र कार्यकर्तालाई आफ्नो भोट जोगाउन सल्लाह दिएका छन्।

यसअघि एआईको सहयोगमा तयार पारिएको सन्देशमा इमरान खानको आफ्नै शब्द प्रयोग गरिएको पीटीआईले जनाएको थियो।

पाकिस्तानको नेसनल एसेम्बलीका २६६ सिटमा बिहीबार भएको मतदानपछि नतिजा आउने क्रम जारी छ। 

हालसम्म घोषित नतिजामा पीटीआईले समर्थन गरेका ८४ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नवाज शरिफको पीएमएल (एन) का ७० उम्मेदवार विजयी भएका छन्।

पीपीपीले ५१ सिटमा जित हासिल गरेको छ भने अन्य उम्मेदवारले ३१ सिटमा जित हासिल गरेका छन्।

इमरानको सन्देश भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .