प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा वृहत प्रदर्शन शुरु भएको छ।
कोशी प्रदेश नामकरणपछि हुन लागेको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेपछि पूर्व निधारित स्थान परिवर्तन गरी पहिचान पक्षधरहरुले लोकतान्त्रिक चौकमा प्रदर्शन गरिरहेका छन्।
यसअघि उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेश सभा भवनअगाडिको क्षेत्रमा प्रर्दशन गर्ने तयारी थियो।
यद्यपि पहिचान पक्षधरहरुले ती स्थानमा प्रर्दशन गन सुचना पाएपछि स्थानीय प्रशासनले मुख्यमन्त्तीको कार्यालय आसपास र प्रदेश सभा भवन आसपासको क्षेत्रमा शनिवारदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको छ।
प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा अपरहान्ह १ बजेबाट लोकतान्त्रिक चौकमा जनप्रदर्शन शुरु भएको हो।
जनप्रदर्शनमा माओवादी नेता गोपाल किराती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्नेछन्।
सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयानुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको प्रशासनले जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० क बमोजिम निषेध गरिएकाले जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
आदेश उलङ्घन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले सूचनामा उल्लेख छ।
Shares
प्रतिक्रिया