ad ad

राजनीति


कोशीका मुख्यमन्त्री भन्छन् : उपसभामुखले संसदीय परम्परा तोडिन्, विश्वासको मत लिने सम्भावना भएन

कोशीका मुख्यमन्त्री भन्छन् : उपसभामुखले संसदीय परम्परा तोडिन्, विश्वासको मत लिने सम्भावना भएन

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८० सोमबार १३:३५, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने सम्भावना कम भएको बताएका छन्। 

थापाले उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक छलेर संसदीय परम्परा तोडैको आरोप पनि लगाएका छन्। 

सत्ता गठबन्धन दलहरुसँग विराटनगरमा भएको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले आजै विश्वासको मत लिने सम्भावना कम भएको बताएका हुन्। 

उपसभामुख दनुवार आफैंले आजैका लागि बोलाएको प्रदेशसभा बैठक छल्न काठमाडौँ गएपछि विश्वासको मत लिने सम्भावना नभएको थापाले बताए। 

‘आफैँले बोलाएको बैठक उपसभामुखले दिएको समय थियो, उहाँ नै अनुपस्थित हुनुभयो, उहाँले काठमाडौं गएको जानकारी बिहान ९ बजेतिर दिनुभयो’, उनले भने, ‘उहाँले बोलाएको बैठकमा आफैं नहुँदा के गर्ने निर्णय कार्यव्यवस्था परामर्श समितिले गर्छ। अब आजै विश्वासको मत लिने सम्भावना भए।’

थापाले पत्रकारहरुसँग थप छलफल गरेर अर्को समय तोकिने पनि बताए। उपसभामुख नभएकाले बिहान ८ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक रोकिएको छ।

बैठक दिउँसो १ बजेलाई बोलाइएको थियो। उक्त बैठक पनि अनिश्चित भएको छ। अहिले प्रदेश सभा सचिवालय कानुनी परामर्शमा जुटेको छ।

थापाले प्रदेशसभामा मिलेर जान चाहे पनि एमालेले एउटा कुरा गरेर अर्कै काम गरेको दुखेसो गरे। विश्वासको मत दिन मन नभए बैठकमा आइदिएको भए राम्रै हुने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .