ad ad

राजनीति


कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ

नेपालखबर
असोज २८, २०८० आइतबार १५:३२, काठमाडौँ

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले शपथ लिएका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार अपरान्ह आयोजित समारोहमा उनलाई शपथ गराएका हुन्।

नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी गरेका थिए। 

उनीहरू दुवैले ४७–४७ जना सांसदको हस्ताक्षरसहित बिहीबार मुख्यमन्त्री दाबी गरेका थिए। 

सो दाबीमा कांग्रेसका ८ सांसदको हस्ताक्षर दुवैतिर देखिएपछि प्रदेश प्रमुखले सनाखतका लागि प्रदेश सभा सदस्यहरूलाई सशरीर उपस्थित गराएर सनाखत गराएका थिए।

कोशीमा एमालेसहितको समर्थनमा कार्की मुख्यमन्त्री बनेपछि केन्द्रसम्म त्यसले तरङ्ग सिर्जना ग¥यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनै केन्द्रको सत्ता समीकरण जोगाउनपर्ने भन्दै गठबन्धनको मुख्य घटक कांग्रेसभित्रको विवाद समाधान गर्न लागिपरेका थिए। 

शनिबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेर कार्की नै आफूहरूको आधिकारिक उम्मेदवार भएको बताएका छन्। 

लगत्तै कार्की विराटगरबाट काठमाडौं आई शीर्ष तहका नेताहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .