ad ad

राजनीति


कोशीका मुख्यमन्त्री कार्कीले गरे तीन सदस्यीय मन्त्रिपरिषद् गठन

कोशीका मुख्यमन्त्री कार्कीले गरे तीन सदस्यीय मन्त्रिपरिषद् गठन

नेपालखबर
असोज २८, २०८० आइतबार १५:३६, काठमाडौँ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई उनले आइतबार नियुक्त गरेका हुन्। 

शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए। लगत्तै उनले नवनियुक्त दुई मन्त्रीलाई पनि शपथ गराएका छन्। 

एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई कार्कीले मन्त्रीको शपथ गराएका हुन्। राई र रानाको मन्त्रालय भने तोकिएको छैन।

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। 

नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी गरेका थिए। 

उनीहरू दुवैले ४७–४७ जना सांसदको हस्ताक्षरसहित बिहीबार मुख्यमन्त्री दाबी गरेका थिए। 

सो दाबीमा कांग्रेसका ८ सांसदको हस्ताक्षर दुवैतिर देखिएपछि प्रदेश प्रमुखले सनाखतका लागि प्रदेश सभा सदस्यहरूलाई सशरीर उपस्थित गराएर सनाखत गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .