कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत पाएका छन्। सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका कार्कीले ५७ मत पाएका छन्।
कुल ९३ सदस्य रहेको प्रदेशसभामा कार्कीको विपक्षमा शून्य मत परेको छ।
त्यस्तै, ५ मत तठस्थमा पर्यो। सोमबार प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।
उक्त नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा मुद्दा समेत दर्ता गरेका छन्।
252
Shares
प्रतिक्रिया