उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीमा पुलको शिलान्यास गरेका छन्।
लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी १२ जियाजोर जोड्ने पक्की पुलको गृहमन्त्री श्रेष्ठले आइतबार साँझ शिलान्यास गरेका हुन्।
पुल शिलान्यास समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले विकास निर्माणको काममा कुनै पनि राजनीतिक दलले राजनीति गर्नु नहुने बताए।
‘विकास निर्माणको काममा सबैले सहयोग गरे नेपाली जनताले चाहेको विकास र समृद्धि चाँडै प्राप्त हुन्छ,’ उनले भने।
साढे तीन वर्षमा निर्माण पूरा हुने लक्ष्य राखिएको यो पुल निर्माणमा ७७ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको छ।
18
Shares
प्रतिक्रिया