ad ad

राजनीति


आलोचनापछि राज्यमन्त्रीविहीन बनाइयो मधेस सरकार, अब १२ सदस्यीय मन्त्रिपरिषद्

आलोचनापछि राज्यमन्त्रीविहीन बनाइयो मधेस सरकार, अब १२ सदस्यीय मन्त्रिपरिषद्

नेपालखबर
साउन २९, २०८१ मंगलबार १३:१०, काठमाडौँ

मधेस प्रदेश सरकारका ८ जना राज्यमन्त्रीलाई पदबाट हटाइएको छ। जम्बो मन्त्रिपरिषद् बनाएपछि चर्को आलोचना खेपेका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्। 

प्रदेश प्रमुख सुमित्रा भण्डारीका नीजि सचिव लुम्बनाथ पोखरेलले पदमुक्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट आएको पुष्टि गरे।

‘८ जना राज्यमन्त्रीहरूलाई पदमुक्त गरिएको पत्र आएको छ,’ उनले भने, ‘सँगसँगै १२ जनाको मन्त्रिपरिषद् पुनर्गठन गरिएको जानकारी पनि पत्रमा गरिएको छ।’

तर, नेकपा एमालेको तर्फबाट राज्यमन्त्री बनेका तीन सांसदले हिजो (सोमबार) नै पार्टी संसदीय दलका नेता सरोज कुमार यादवलाई राजीनामा बुझाइसकेको दाबी गरे।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव रायले भने, ‘हामीले संसदीय दलको नेतालाई हिजो नै राजीनामा बुझाएका हौँ। उहाँले आज मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको छ।’

आफूहरू ‘नौलो गणतन्त्र’को अभ्यासमा रहेको भन्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेसका मुख्यमन्त्री सिंहले आफूखुसी निर्णय गरेको भन्दै स्पष्टीकरण सोधेका थिए।

मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, केशव राय, शारदादेवी थापा, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह र रन्जु खंग, कांग्रेसका रेखा ठाकुर र निलम कुमारी राज्यमन्त्री नियुक्त गरेका थिए। 

उनीहरू सबैलाई सिंहले पदमुक्त गरेका हुन्। यो सँगै अब मधेस सरकारको क्याबिनेटमा १२ जना मन्त्री रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .