ad ad

राजनीति


प्रधानमन्त्री ओलीलाई देउवाको जवाफ : हामी सहयोग गर्न सक्दैनौं

प्रधानमन्त्री ओलीलाई देउवाको जवाफ : हामी सहयोग गर्न सक्दैनौं

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १२:३७,

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा सहयोग गर्न नसक्ने जवाफ दिएको छ

आज प्रधानमन्त्री ओली पार्टीका नेताहरुसहित कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका थिए।

उनले देउवासँग बैशाख २७ गते संसदमा हुन लागेको मतदानमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

त्यसको जवाफमा देउवाले अहिले कांग्रेसले सहयोग गर्न सक्ने अवस्था नरहेको बताएका थिए।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुसँग नियमित सम्पर्कमा रहेर आफ्नो पक्षमा पारेका ओलीले विश्वासको मतका लागि कांग्रेसको साथ खोजेका हुन्।

उनलाई विश्वासको मतका लागि जसपाको एउटा बहुमत पक्षले साथ दिए पुग्ने भएपनि आफ्नै पार्टीभित्रका माधव नेपाल पक्षले विश्वासमा मत दिने/नदिने टुंगो नभएकोले ओली कांग्रेस फकाउन पुगेको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताए।

छलफलमा प्रधानमन्त्री ओलीले गणतन्त्रका लागिसँगै लडेका दल र नेता भएकाले मिलेर जान आग्रह गरेका थिए।

'संविधान र लोकतन्त्रिक संस्थाहरुले कमजोर पार्ने काम तपाईले गर्नु भएको छ', देउवाले जवाफमा भने, 'त्यसकारण पनि मिलेर जान सकिँदैन।'

छलफलमा कांग्रेस नेताहरुले अहिले सत्ता सहकार्य हुन नसक्ने जवाफ दिएको र अहिले त्यो अवस्था नै नभएको बताएको प्रकाशशरण महतले जानकारी दिए।

भेटमा प्रधानमन्त्री ओली, ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ सहभागी थिए।

कांग्रेसबाट भने सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, उपसभापति विमलेन्द्र निधि, नेता कृष्ण सिटौला र सहमहामन्त्री प्रकाश शरण महत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .