बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फ उपचुनाव अन्तर्गत नेकपा एमालेले सुरुवाती अग्रता कायम राखेको छ।
छविसपाथिभेरा गाउँपालिकाका चारवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ।
जसमा नेकपा एमालेका दमनबहादुर भण्डारीले १३०३ मत ल्याएका छन्। यस्तै, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ६५६ मत ल्याएका छन्।
सिंहभन्दा भण्डारी दोब्बर मतले अघि लागेका छन्। उनीहरुबीचकाे मतान्तर ६ सय ४७ मतको रहेको छ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ सय १ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ३ सय ७९ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोर खड्काले २० मत प्राप्त गरेको छ।
अहिलेसम्म यहाँ ६८ मतत बदर भएको छ।
504
Shares
प्रतिक्रिया