नेपाल पत्रकार महासंघको सप्तरी शाखाले आइतबार ११ औं अधिवेशन तथा साधारणसभा कायर्क्रम गरिरहेको छ।
सप्तरीकै तिरूहुत गाउँपालिका –५ लोहजारस्थित ठाकुर बाबा दह पर्यटकीय स्थलमा औपचारिक कार्यक्रम भइरहेको छ।
अधिवेशनको उद्घाटन सत्र सुरु भएसँगै महासंघको नयाँ सदस्यताका इच्छुक आवेदक पत्रकारहरूले प्रदर्शन गरेका छन्।
उनीहरूले हामीलाई सदस्यता किन दिइएन? सदस्यताको अधिकार किन खोसियो? भन्ने नारा लेखिएको ब्यानर प्रदर्शन गरेका छन्।
अगामी निर्वाचनमा मतदान गर्न सक्ने अधिकारसहित सदस्यताको लागि बन्द सत्रमा पहल गरिदिन भन्दै उनीहरूले कार्यक्रममा रहेका महासंघका केन्द्रीय प्रतिनिधिलाई ज्ञापनपत्र समेत बुझाएका छन्।
महासंघको सप्तरी शाखाले नयाँ सदस्यताको सम्बन्धमा कुनै निर्णय नै नगरेर पत्रकारको अधिकारको हनन तथा कुण्ठित मानसिकताको प्रदर्शन गरेको उनीहरुको ठहर छ।
‘समयमा सदस्यता सम्बन्धमा निर्णय नगरेर माथिल्लो निकायमा पुनरावेदन गर्ने अवसर समेत आफूहरुबाट खोसेको छ,’ एक जना आवेदक पत्रकारले भने,’ यसले हामी पत्रकारलाई महासंघमा नछिर्न दिने कुण्ठित मानसिकता दर्शाएको छ।’
Shares
प्रतिक्रिया