अन्तरिक्षमा तीन दिनसम्म यात्रा गरेर इन्सपिरेसन–४ का चार यात्री सफलतापूवर्क पृथ्वीमा फर्किएका छन्। उनीहरू शनिबार साँझ एटलान्टिक महासागरमा अवतरण गरेका हुन्।
यी चार जना अन्तरिक्ष वैज्ञानिक होइनन्, साधारणमा मानिस हुन्, तर पहिलोपटक अन्तरिक्ष यात्रा सफल पारेका हुन्।
इन्सपिरेसन–४ को क्रु स्पेसएक्स क्याप्सुलमा बुधबार फ्लोरिडाबाट प्रस्थान गरेका उनीहरू शनिबार स्थानीय समयानुसार साँझ ७ बजे फ्लोरिडाको तटमा अवतरण गरेका हुन्।
इन्सपिरेसन४ को टालीको नेतृत्व अर्बपति व्यवसायी जेएर्ड आइज्याकम्यानले गरेका थिए। उनी ई–कमर्स कम्पनी सिफ्ट४ पेमेन्ट्स इन्नका सीईओ हुन्। उनले यो अभियानको नेतृत्व गरेका हुन्।
यस अन्तरिक्ष यात्रामा उनले कति खर्च गरे भन्ने विषयमा आधिकारिक जानकारी आइसकेको छैन। तर टाइम म्योजिनको रिपोर्टअनुसार जेएर्ड आइज्याकम्यमानले अर्बपति व्यवसायी एलन मस्कलाई ड्र्यागन क्याम्सुल (अन्तरिक्ष यान) को चार सिटका लागि २ सय मिलियन डलर तिरेका हुन्।
हेर्नुहोस्, उनीहरू अवतरण गरिरहेको यो भिडिओ–
Shares
प्रतिक्रिया