कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपबारे दिएको भ्रामक अभिव्यक्तिको कारण फेसबुक र युट्युबले ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको भिडियो हटाएका छन्।
युट्युबले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा खोपबारे गरिएको गलत दाबीको कारण बोल्सोनारोको भिडियो हटाइएको बताएको छ।
युट्युबले बोल्सोनारोलाई सात दिनसम्म भिडियो पोस्ट गर्न नपाउने गरी प्रतिबन्ध पनि लगाएको छ। यद्यपि बोल्सोनारोको च्यानलका अन्य भिडियो भने हेर्न पाइन्छ।
यसअघि बोल्सोनारोले कोरोना खोप लगाएका मानिसमा एड्स अपेक्षा गरिएभन्दा छिटो बढ्ने गरेको बताएका थिए।
ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोभिड–१९ को महामारीमा पनि मानिसहरुलाई मास्क नलगाउन, र्यालीमा सहभागी हुन र भौतिक दूरीको पालना गर्नु नपर्ने बताएका थिए। ब्राजिलमा कोरोना महामारीलाई गम्भीररुपमा लिएर आवश्यक कदम नचालेको भन्दै ब्राजिलमा उनको आलोचना भइरहेको छ।
Shares
प्रतिक्रिया