ad ad

प्रविधि


जापानी कम्पनीले ल्यायो उड्ने मोटरसाइकल, यस्ता छन् विशेषता

जापानी कम्पनीले ल्यायो उड्ने मोटरसाइकल, यस्ता छन् विशेषता

नेपालखबर
कात्तिक ११, २०७८ बिहिबार १४:५०, काठमाडौँ

जापानी कम्पनी अली टेक्नोलोजिजले उड्ने मोटरसाइकल बजारमा ल्याएको छ। एक्सटुरिस्मो नाम दिइएको उक्त मोटरसाइकल अहिले सीमित मात्रामा उपलब्ध छ। यसको प्रि–अर्डर पनि सुरु गरिएको छ। 

अली टेक्नोलोजिजका अनुसार अहिले ल्याइएको मोटरसाइकल एकपटक चार्ज गरेपछि १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्छ। कम्पनीले सन् २०२२ को मध्यसम्ममा ३०० किलोका २०० मोटरसाइकल बनाउने लक्ष्य लिएको छ। यसमा एकजना मात्र बस्न मिल्ने बीबीसीले उल्लेख गरेको छ। 

कम्पनीले बनाएको मोटरसाइकलमा आधुनिक इन्जिन र चारओटा ब्याट्रिबाट चल्ने मोटर प्रयोग गरिएको छ। यसको मूल्य ६ लाख ८० हजार डलर तोकिएको छ। अत्यधिक भिड हुने स्थानको लागि यो मोटरसाइकल प्रभावकारी हुन सक्ने कम्पनीको विश्वास छ। 

यद्यपि जापानको अहिलेको कानुनले सडकमा उड्न सक्ने मोटरसाइकल चलाउन दिँदैन। यद्यपि यो मोटरसाइकल उद्धार टोलीका लागि महत्वपूर्ण हुन सक्ने कम्पनीले बताएको छ। 

अहिलेसम्म यस किसिमको सवारीको परिकल्पना नगरिएको र नियमअनुसार व्यक्तिगत प्रयोजनको लागि प्रयोग गर्न समस्या हुने भए पनि भविष्यमा आउन सक्ने नयाँ प्रविधि तथा प्रणालीको संकेत भने गरेको विश्लेषकहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .