ad ad

प्रविधि


भटमास आयात घटाउन चीनले बनायो ग्यासबाटै जनावरको खाना

भटमास आयात घटाउन चीनले बनायो ग्यासबाटै जनावरको खाना

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १३:११, काठमाडौँ

चिनियाँ वैज्ञानिकले कार्बन मोनोअक्साइडबाट ठूलो मात्रामा जनावरको खाना बनाउने तरिका पत्ता लगाएको बताएका छन्। ठूलो मात्रामा ग्यासबाट यसरी जनावरको खाना बनाउन सके चीनको भटभास आयातमा निर्भरता कम हुने विश्वास लिइएको छ। 

वैज्ञानिकहरुका अनुसार विभिन्न रासायनिक प्रतिक्रियाबाट क्लोस्ट्रिडियम अटोएथेनोजेनम बनाउन सकिन्छ। यो जैविक उत्पादन हो र यो जनावरलाई खुवाउन सकिन्छ। 

यो विधि चीनको बेइजिङ सोउलाङ बायोलोजिकल टेक्नोलोजी र चाइनिज एकेडेमी अफ एग्रिकल्चर साइन्सको फिड रिसर्च इन्स्टिच्युटका वैज्ञानिकको टोलीले पत्ता लगाएका हुन्। 

वैज्ञानिकको टोलीका अनुसार कार्बन मोनोअक्साइडलाई फर्मेन्टेसन, अक्सिडेसन, आशवन र वाष्पीकरणजस्ता विधिको प्रयोग गरी नाइट्रोजन र कार्बनबाट जैविक उत्पादन बनाउन सकिन्छ। 

यसअघि नै यो विधिबाट जनावरलाई खुवाउन सकिने जैविक उत्पादन बनाउन सकिन्छ भन्ने वैज्ञानिकलाई थाहा थियो तर यो विधिको लागि आवश्यक गति र प्रभावकारिताले औद्योगिकरुपमा यसको उत्पादन सफल भएको हो। 

चीनको कृषि मन्त्रालयले यो विधिको प्रयोगबाट वार्षिकरुपमा हजारौं टन जैविक उत्पादन बनाउने क्षमता रहेको बताएको छ। यो विधिले हरितगृह प्रभाव न्यूनीकरणको लागि पनि सहयोग पुग्न सक्ने वैज्ञानिकहरुले बताएका छन्। 

यो विधिको प्रयोगले आर्थिक, सामाजिक र पारिस्थितिक पद्धतिमा पनि ठूलो फाइदा पुग्न सक्ने उनीहरुको भनाइ छ। 

अहिले चीनले वार्षिक १० करोड टन भटमास आयात गर्दै आएको छ। यो परिमाण चीनमा समग्रमा प्रयोग हुने भटमासको ८० प्रतिशत हो।

चीनमा पर्याप्त मात्रामा भटमास उत्पादन नहुने भएकाले चीन भटमासको लागि अन्य मुलुकसँग निर्भर रहँदै आएको छ। भटमासको आवश्यकताको कारण चीनले विभिन्न समस्या पनि भोग्दै आएको छ। 

यदि चीनले औद्योगिकरुपमा एक करोड टन क्लोस्ट्रिडियम अटोएथेनोजेनम उत्पादन गर्न सक्यो भने त्यो २ करोड ८० लाख टन भटमासबराबर हुने शोधकर्ताहरुले बताएका छन्। चीनले गत महिना ८६ लाख ८० हजार टन भटमास आयात गरेको थियो। साउथ चाइना मर्निङ पाेस्टबाट। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .