ad ad

प्रविधि


के तपाईंलाई थाहा छ? पासवर्डविनै यसरी चलाउन सकिन्छ कम्प्युटर र ल्यापटप

के तपाईंलाई थाहा छ? पासवर्डविनै यसरी चलाउन सकिन्छ कम्प्युटर र ल्यापटप

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १३:०, काठमाडौँ

अहिलेको समयमा कुनै पनि विद्युतीय डिभाइसमा पासवर्डको सुरक्षा राख्नु निकै जरुरी छ। 

त्यसैले आफूले प्रयोग गर्ने स्मार्टफोन, ल्यापटप, कम्प्युटर वा अन्य कुनै पनि हाइटेक डिभाइसमा कुनै किसिमको प्राइभेसी (गोपनीयता) राख्नुपर्ने हुन्छ। यसरी पासवर्ड राख्दा कहिलेकाहीँ पासवर्ड बिर्सिने समस्या भने हुन्छ। 

यसको लागि माइक्रोसफ्टले विन्डोज १० होम संस्करणको लागि पासवर्डविना नै कम्प्युटर वा ल्यापटप चलाउन सकिने ‘अप्सन’ ल्याएको छ। 

यो सफ्टवेयरको माध्यमबाट प्रयोगकर्ताले कुनै पासवर्डको प्रयोग नगरीकनै आफ्नो ल्यापटप वा कम्प्युटर चलाउन सक्छन् । 

कसरी गर्ने प्रयोग? 
यो फिचर विन्डोज १० होम संस्करणको लागि उपलब्ध छ। साथै यो सर्भिस प्रयोग गर्न माइक्रोसफ्टको एकाउन्ट पनि हुनु जरुरी हुन्छ। 

सबैभन्दा पहिला आफ्नो ल्यापटप वा कम्प्युटरमा कुनै पनि वेब ब्राउजरमा आधिकारिक माइक्रोसफ्टको वेबपेज ओपन गर्नुहोस्। त्यसपछि आफ्नो एकाउन्टमा लगइन गर्नुहोस्। 

त्यसपछि सेटिङ्स सेक्सनमा जानुपर्छ। 

अब सेक्युरिटीमा जानुहोस् र एडिसनल सेक्युरिटीको ट्याब छान्नुहोस्। 

त्यसपछि एडिसनल सेक्युरिटी ट्याबअन्तर्गत ‘पासवर्डलेस’ अप्सन देखिनेछ। त्यसपछि ‘टर्न अन’ सेटिङ्समा थिच्नुहोस्। अब आफ्नो विन्डोजमा ‘पासवर्डलेस’ लग इन चालू राख्न ‘अन स्क्रिन स्टेप्स फलो’ गर्नुपर्ने हुन्छ ।

यससँगै आफ्नो कम्प्युटर वा ल्यापटपमा लग इन गर्दा फरगेट पासवर्ड भन्ने अप्सनमा जानुहोस्। 

त्यसपछि आउने अन स्क्रिन स्टेप्स फलो गर्नुपर्ने हुन्छ। 

यसले तपाईंलाई कम्प्युटर वा ल्यापटप चलाउने अनुमति त दिन्छ तर कम्प्युटरमा भएका एपहरु भने तपाईंले चलाउन पाउनुहुन्न। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .