अमेरिकी सांसद बर्नी स्यान्डर्सले अर्बपति एलन मस्कलाई आफ्नो पैसा सही ठाउँमा लगानी गर्न सुझाव दिएका छन्।
पछिल्लो समय मंगल ग्रहमा बस्ती बसाउने योजनामा अघि बढिरहेका मस्कको स्यान्डर्सले आलोचना गरेका हुन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘अर्बपतिहरुले आफ्नो अन्तरिक्षको शोख पूरा गर्न पैसा खर्चिनुभन्दा पृथ्वीमा काम गर्ने मानिसमा लगानी गरे के होला ?’
यसअघि पनि मस्क र स्यान्डर्स एकअर्काविरुद्ध खनिँदै आएका छन्। यसअघि स्यान्डर्सले मस्कलाई लक्षित गर्दै धनीहरुले आफ्नो भागको कर बुझाउनुपर्ने बताएका थिए।
यो मुद्दाले अमेरिकामा ठूलो चर्चा पाएको थियो। यसै विषयलाई लिएर मस्कले कर तिर्ने प्रयोजनको लागि भन्दै टेस्लाको केही शेयर बिक्री गरेका थिए।
मस्कको अन्तरिक्ष योजनाको आलोचना भएको पहिलोपटक भने होइन। यसअघि माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि अन्तरिक्षको लगानीमा रुचि देखाएका थिएनन्।
उनले अन्तरिक्षमा भन्दा पनि पृथ्वीमा नै गर्नुपर्ने काम धेरै बाँकी रहेको बताएका थिए।
Shares
प्रतिक्रिया