ad ad

प्रविधि


ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइट ह्याक, खोपको डेटा निशानामा

ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइट ह्याक, खोपको डेटा निशानामा

नेपालखबर
मंसिर २५, २०७८ शनिबार १२:१०, काठमाडौँ

ब्राजिलको स्वास्थ्य मन्त्रालयले शुक्रबार आफ्नो केही सिस्टम ह्याक भएको बताएको छ। मन्त्रालयका अनुसार मुलुकको कोरोना खोप अभियानको डेटालाई लक्षित गरी यो आक्रमण गरिएको हो। यसरी ह्याक भएको वेबसाइटमध्ये एउटा राष्ट्रिय खोप अभियानको डेटा भएको र अर्को खोप लगाएको प्रमाणपत्र दिने वेबसाइट पनि छन्। 

साइबर आक्रमणसँगै ब्राजिलको सरकारले बाहिरबाट आउनेलाई नयाँ स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने नियम कार्यान्वयन एक साताको लागि स्थगित गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साइबर आक्रमणमा परेका वेबसाइट अहिले पनि नचलेको बताएको छ। 

ब्राजिलको प्रहरीले यो आक्रमणको विषयमा अनुसन्धान भइरहेको बताएको छ । ह्याकरले आफूलाई ल्यापसुस ग्रुप भएको दाबी गर्दै सबै डेटा कपि गरेर डिलिट गरिएको दाबी गर्दै पुनः उक्त डेटा फिर्ता चाहिए आफूहरुलाई सम्पर्क गर्न भन्दै वेबसाइटमा म्यासेज छाडेका थिए। 

शुक्रबार दिउँसोसम्म उक्त म्यासेज वेबसाइटबाट हटेको थियो। तर, अझै पनि पेज भने खुल्न सकेको छैन। 

मन्त्रालयले आफ्नो प्रणाली सही अवस्थामा फिर्ता ल्याउन प्रयास भइरहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .