ad ad

प्रविधि


मंगल ग्रहको चट्टान ज्वालामुखीबाट बनेको पर्सिभेरन्स रोभरको खोज

मंगल ग्रहको चट्टान ज्वालामुखीबाट बनेको पर्सिभेरन्स रोभरको खोज

नेपालखबर
पुस १, २०७८ बिहिबार १५:४४, काठमाडौँ

नासाले १० महिनाअघि मंगल ग्रहमा पठाएको ‘पर्सिभेरन्स’ रोभरले एउटा ‘अनपेक्षित’ खोज गरेको छ। 

वैज्ञानिकहरुका अनुसार सो यन्त्र गुडिरहेको चट्टान मंगल ग्रहमा ज्वालामुखी विस्फोटपछि निस्केको लाभाबाट निर्मित भएको खुलेको हो।

सो यन्त्रले संकलन गरेको चट्टानको नमुनाबाट ती चट्टानमा अनेक पटक पानी परिसकेको पनि खुलासा भएको छ।

यी खुलासाबाट वैज्ञानिकहरुलाई मंगलग्रहको जजेरो क्रेटर नामक प्राचीन तालमा भएका घटनाहरुको सही कालक्रम पत्ता लगाउन सहयोग पुग्नेछ।

पर्सिभेरन्स अर्को वर्ष मंगल ग्रहको डेल्टा नामक प्राचीन नदी क्षेत्रतर्फ जानेछ। एजेन्सी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .