ad ad

प्रविधि


अमेजनलाई भारतमा २ अर्ब २ करोड भारु जरीवाना

अमेजनलाई भारतमा २ अर्ब २ करोड भारु जरीवाना

नेपालखबर
पुस ३, २०७८ शनिबार ९:४६, काठमाडौँ

अमेरिकी ई–कमर्स कम्पनी अमेजनको भारतीय शाखालाई भारतको प्रतिस्पर्धा आयोगले २ अर्ब२ करोड भारुबराबरको जरीवाना लगाउने निर्णय गरेको छ।

प्रतिस्पर्धाको विभिन्न नियम उल्लंघन गरेको आरोपमा अमेजनलाई उक्त जरीवना लगाइएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

आयोगले करिब दुई वर्षअघि फ्युचर कूपन्स प्रालि र अमेजनबीचको सम्झौतालाई दिएको अनुमति पनि खारेज गर्ने निर्णय गरेको छ।

सन् २०१९ मा भएको सम्झौताअनुसार अमेजनले फ्युचरलाई आफ्नो ४९ प्रतिशत शेयर बेच्नुपर्ने थियो। सम्झौतापछि आयोगले यसलाई अनमति दिएको थियो। यद्यपि यसमा गलत सूचना दिएका पाइएमा कुनै पनि समयमा यो अनुमति रद्द गर्न सकिने शर्त राखिएको थियो। सोही शर्तअनुसार अनुमति खारेज गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .