अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा)ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी गरेको छ।
शनिबार दक्षिण अमेरिकाको उत्तरपूर्वी समुद्री क्षेत्रबाट यो टेलिस्कोप प्रक्षेपण गरिनेछ। नासाले ९ अर्ब डलरको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गर्न लागेको हो। यसले अहिलेको टेलिस्कोपले भन्दै निकै टाढाको तस्बिर लिन सक्छ।
रोयटर्सका अनुसार अहिले प्रक्षेपण गर्न लागिएको इन्फ्रारेड टेलिस्कोप आगामी दशकमा अन्तरिक्षको खोजको लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ।
सबै कुराहरु योजनाअनुसार चलेको अवस्थामा १४ हजार पाउण्डको यो उपकरणलाई २६ मिनेटमा अन्तरिक्षमा राखिनेछ। यो टेलिस्कोपलाई नासा, युरोपेली स्पेस एजेन्सी र क्यानडेली स्पेस एजेन्सीले बनाएका हुन्।
नासाको नयाँ टेलिस्कोपमा एक गोल्डेन मिरर राखिएको छ। यसको चौडाइ करिब २१.३२ फिट रहेको छ।
यो मिरर बेलेलियमबाट बनेको १८ षटकोणलाई जोडेर बनाइएको छ। प्रत्येक टुक्रामा ४८.२ ग्राम सुन प्रयोग गरिएको छ।
यसले परावर्तकको रुपमा काम गर्नेछ। यसलाई १५ लाख किलोमिटरको उचाइमा स्थापित गरिनेछ। यसले पुरानो हबल टेलिस्कोपलाई विस्थापित गर्नेछ।
Shares
प्रतिक्रिया