ad ad

प्रविधि


पहिलोपटक घटे फेसबुकका दैनिक प्रयोगकताको संख्या, २० प्रतिशतले घट्यो मेटाको सेयर

पहिलोपटक घटे फेसबुकका दैनिक प्रयोगकताको संख्या, २० प्रतिशतले घट्यो मेटाको सेयर

नेपालखबर
माघ २०, २०७८ बिहिबार ९:१९, काठमाडौँ

सामाजिक सञ्जाल कम्पनी फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या पहिलोपटक घटेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार गत वर्षको अन्तिम त्रैमासमा फेसबुकक दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९३ करोडबाट घटेर १ अर्ब ९२ करोड ९० लाखमा झरेको हो। 

यससँगै बुधबार फेसबुकको मातृ कम्पनी मेटाको सेयरको भाउ पनि २० प्रतिशतले घटेको छ। मेटा कम्पनीका अनुसार एप्पलले अपरेटिङ सिस्टममा गरेको परिवर्तनको कारण पनि त्यसको असर सामाजिक सञ्जाल कम्पनीका प्रयोगकर्तामा परेको हो। 

त्यस्तै पछिल्लो समय टिकटक र युट्युबजस्ता भिडियो सञ्जालमा मानिसहरुको आकर्षण बढेको कारण पनि फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या घटेको हो। 

फेसबुकका अनुसार सन् २०२१ को अन्तिम त्रैमासमा यो सामाजिक सञ्जालका २ अर्ब ९१ करोड मासिक सक्रिय प्रयोगकर्ता थिए। यो संख्यामा अघिल्लो त्रैमासको तुलनामा कुनै परिवर्तन देखिएको छैन।  

त्यस्तै मेटाले सन् २०२२ को सुरुवाती ३ महिनाको आम्दानी पनि आकलनभन्दा कम हुन सक्ने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .