ad ad

प्रविधि


मेटाको भर्चुअल दुनियाँभित्रै सामूहिक बलात्कार!

मेटाको भर्चुअल दुनियाँभित्रै सामूहिक बलात्कार!

नेपालखबर
माघ २२, २०७८ शनिबार १८:५१, काठमाडौँ

फेसबुकको मातृ कम्पनी मेटाको भर्चुअल गेम होराइजन वर्ल्डमै यौन दुर्व्यवहारको मामिला सार्वजनिक भएको छ।

भर्चुअल रियालिटी (भीआर)मा आधारित छुट्टै दुनियाँ विकास गर्ने योजनामा अघि बढिरहेको मेटाले ल्याएको उक्त गेम खेल्ने क्रममा एक महिलाले आफूमाथि भर्चुअल दुनियाँमै सामूहिक बलात्कार भएको उल्लेख गरेकी छिन्। 

एक बेलायती महिलाले ब्लगपोस्टमार्फत आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी हुन्। 

‘म त्यहाँ (भर्चुअल दुनियाँ) जोडिएको ६० सेकेण्डभित्रै म मौखिकरुपमा र यौन दुर्व्यवहारमा परेँ। ३/४ जना पुरुष अवतारले मेरो अवतारमाथि भर्चुअलरुपमा सामूहिक बलात्कार गरे’, उनले लेखेकी छिन्। 

गत डिसेम्बरमा गरिएको उक्त पोस्टमा उल्लेख गरिएअनुसार उक्त भर्चुअल दुनियाँमा ती महिना यौन दुर्व्यवहारमा परिरहँदा अर्को एक पुरुष अवतारले त्यसको फोटो लिएर उनलाई पठाउँदै ‘मन नपरेजस्तो नाटकचाहिँ नगर’ भन्दै पठाएका थिए। 

ती महिला काबुनी भेन्चरको लागि मेटाभर्स रिसर्चकी उपाध्यक्ष हुन्। मेटाभर्स भर्चुअल रियालिटीमा आधारित नयाँ दुनियाँ हो।

एक वर्षअघि मेटाले १८ वर्ष पुगेका सबैका लागि सोही प्रविधिमा आधारित होराइजन वर्ल्ड परीक्षणमा ल्याएको थियो। जसमा अमेरिका र क्यानडाका मानिस सामेल हुन पाउँछन्। 

भर्चुअल गेममा नै यौन दुर्व्यवहारमा परेको भन्ने विषयमा मेटाले कुनै प्रतिक्रिया दिएको छैन। 

मेटाको योजनाअनुसारको भर्चुअल दुनियाँमा मानिसहरु आफ्नो काम, भ्रमण वा मनोरञ्जनको माध्यमबाट भीआर हेडसेट प्रयोग गरी जोडिन सक्छन्। मेटा कम्पनीका सीईओ मार्क जुकरवर्गले यसले आगामी दिनमा इन्टरनेटलाई नै विस्थापित गर्न सक्ने बताइसकेका छन्। 

महिला भर्चुअल वर्ल्डमै सामूहिक बलात्कारमा परेको समाचारसँगै प्रविधिसँग जानकारहरुले अब भर्चुअल वर्ल्डमा जाँदा महिला अवतार नछान्न सुझाएका छन्।

भर्चुअल दुनियाँमा यस किसिमको घटना निकै गम्भीर विषय रहेको उनीहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .