ad ad

प्रविधि


मार्चमा सस्तो ५जी आईफोन ल्याउने तयारीमा एप्पल

मार्चमा सस्तो ५जी आईफोन ल्याउने तयारीमा एप्पल

नेपालखबर
माघ २२, २०७८ शनिबार १४:१६, काठमाडौँ

अमेरिकी प्रविधि कम्पनी एप्पलले आगामी मार्च महिनामा सस्तो आईफोन सार्वजनिक गर्ने भएको छ।

ब्लूमवर्ग न्युजले उल्लेख गरेअनुसार एप्पलले सस्तो ५जी आईफोन ल्याउने तयारी गरेको हो।

समाचारमा उल्लेख गरिएअनुसार एप्पलले नयाँ आईफोनका साथै अपडेट गरिएको आईप्याड पनि सार्वजनिक गर्नेछ।

आईफोनको नयाँ योजनासँग जानकारहरुका अनुसार नयाँ आईफोन दुई वर्षअघिको आईफोन एसई मोडलको अपडेट भर्सनको रुपमा आउन लागेको हो।

यसमा ५जीका साथै गुणस्तरीय क्यामेरा र तीव्र गतिको प्रोसेसर रहनेछ। 

समाचारमा बताइएअनुसार अझै कम्पनीले आफ्नो उत्पादन सार्वजनिक गर्नको लागि अझै एक महिनाभन्दा लामो समय  बाँकी रहेको कम्पनीको योजनामा परिवर्तन हुन सक्ने समाचारमा बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .