ad ad

प्रविधि


९ करोड डलरमा फेसबुकले सुल्झायो मुद्दा

९ करोड डलरमा फेसबुकले सुल्झायो मुद्दा

नेपालखबर
फागुन ४, २०७८ बुधबार १३:३६, काठमाडौँ

अमेरिकी कम्पनी मेटाको सामाजिक सञ्जाल फेसबुकले ९ करोड अमेरिकी डलरमा अदालतमा विचाराधीन मुद्दा सुल्झाएको छ। 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एक दशकभन्दा लामो समयदेखि अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतमा चलिरहेको गोपनीयतासम्बन्धी मुद्दा उसले सुल्झाएको हो। 

फेसबुकले प्रयोगकर्ताले लगआउट गरेपछि पनि मानिसहरुले इन्टरनेटको गतिविधि नियालिरहेको आरोपमा मुद्दा चलाइएको थियो।

सोमबार राति फेसबुक यो मुद्दा सुल्झाउन ९ करोड डलर बुझाउन सहमत भएको हो। यद्यपि यो सम्झौता कार्यान्वयनको लागि भने न्यायाधीशको अनुमति आवश्यक पर्छ। 

प्रयोगकर्ताले फेसबुकले निरन्तर अमेरिकाको स्थानीय गोपनीयताको कानुन उल्लंघन गर्दै आएको आरोप लगाउँदै आएका छन्।

फेसबुकको यो मुद्दा सन् २०१७ मा खारेज गरिएपछि सन् २०२० को अप्रिलमा पुनः ब्यूँताइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .