ad ad

प्रविधि


अमेरिकाको ‘कुख्यात बजार’को सूचीमा अलिबाबा र टेन्सेन्ट

अमेरिकाको ‘कुख्यात बजार’को सूचीमा अलिबाबा र टेन्सेन्ट

नेपालखबर
फागुन ७, २०७८ शनिबार ८:५५, काठमाडौँ

अमेरिकाले चिनियाँ प्रविधिबाट आफ्नो सेवा प्रदान गरिरहेका अलिबाबा र टेन्सेन्ट कम्पनीको प्लेफर्मलाई ‘कुख्यात बजार’को सूचीमा सामेल गरेको छ।

यी दुई कम्पनीले नक्कली सामग्री बेच्दै आएको भन्दै अमेरिकाले यस्तो कदम चालेको बताएको छ। बीबीसीका अनुसार अमेरिकाको उक्त सूचीमा ४२ अनलाइन र ३५ भौतिक स्टोरहरु सामेल छन्।

जसमा अलिबाबा र टेन्सेन्टका ई–कमर्स प्लेटफर्म पनि सामेल छन्। यो सूचीमा अलिबाबाको अलिएक्सप्रेस र टेन्सन्टको वी–च्याट ईकमर्स साइट परेका हुन्। 

अमेरिकी व्यापार एजेनसीले नक्कली सामग्री वा बौद्धिक सम्पत्ति चोरी भएका सामग्रीको व्यापार गरेको आरोपमा उनीहरुलाई ‘कुख्यात बजार’को सूचीमा राखिएको बताएको छ।

यस किसिमको कार्यले संवेदनशील अमेरिकी आविष्कार र सिर्जनशीलकताको अवमूल्यन भएको अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले बताएकी छिन्। 

लामो समयदेखि अमेरिका र चीनबीच व्यापार र प्रविधिको विषयमा विवाद रहँदै आएको छ।

अमेरिकाको यो कदमप्रति चीनले आपत्ति जनाएको छ। चीनको वाणिज्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले यो कदम गैर–जिम्मेवारपूर्ण भएको उल्लेख गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .