ad ad

प्रविधि


ट्रम्पको सामाजिक सञ्जाल डाउनलोडका लागि उपलब्ध

ट्रम्पको सामाजिक सञ्जाल डाउनलोडका लागि उपलब्ध

नेपालखबर
फागुन ९, २०७८ सोमबार ११:५७, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रुथ सामाजिक सञ्जाल एप्पल स्टोरमा समावेश गरिएको छ।

अब प्रयोगकर्ताले यसलाई डाउनलोड गर्न सक्नेछन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार साँझबाट यो एप डाउनलोडका लागि उपलब्ध भएको हो। 

यसअघि नै ट्रुथ सामाजिक सञ्जालको लागि प्रि–अर्डर दिएका मानिसको मोबाइलमा यो एप आफैं डाउनलोड हुनेछ।

ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपका प्रमुख कार्यकारी डेभिन नुन्सले मार्चको अन्त्यबाट पनि उक्त सामाजिक सञ्जाल पूर्णरुपमा कार्यान्वयनमा आउने बताएका छन्। 

ट्रम्पलाई अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणबारे दिएको अभिव्यक्तिको विषयलाई लिएर फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका थिए।

त्यसमा आपत्ति जनाउँदै ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ल्याउने घोषणा गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .