ad ad

प्रविधि


नेदरल्याण्ड्समा एप्पललाई ५७ लाख डलर जरिवाना

नेदरल्याण्ड्समा एप्पललाई ५७ लाख डलर जरिवाना

नेपालखबर
फागुन ११, २०७८ बुधबार १०:३६, काठमाडौँ

सोमबार नेदरल्याण्ड्सको एकाधिकारविरोधी नियामकले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि ५७ लाख डलरबराबरको जरिवाना गरेको छ।

कम्पनीको डेटिङ एप सस्क्राइब गर्न एप्पलका उत्पादनबाहेकको माध्यमबाट भुक्तानी दिन नमिल्ने व्यवस्था राखेको भन्दै जरिवाना गरिएको हो।

यसअघि पनि निरन्तर नेदरल्याण्ड्सको नियामकले एप्पलमाथि सोही मुद्दामा जरिवाना सुनाउँदै म्याद थप्दै आइरहेको छ। यद्यपि एप्पलले भने नियामकको माग अझैसम्म पनि सम्बोधन गरेको छैन। 

नेदरल्याण्ड्सको अथोरिटी फर कन्ज्युमर एण्ड मार्केट्स (एसीएम)ले एप्पलले बजारमा आफ्नो बलियो उपस्थितिको फाइदा उठाउँदै आफ्नो भुक्तानी सेवा प्रयोग गर्न बाध्य बनाएको बताएको छ।

यसअघि एसीएमले एप्पललाई जनवरी १५ मा अन्य माध्यमबाट पनि भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो।

तर, एप्पलले उक्त म्यादमा पनि निर्देशन पालना भने गरेन। त्यससँगै एसीएमले ५० लाख डलर जरिवाना लगाएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .