अमेरिकी प्रतिबन्धका बिच लन्च भएको मेट एक्समा गुगलका कुनै पनि फिचरहरु समावेश गरिएको छैन।
अमेरिकाले हुवावेमाथि सुरक्षा खतरा रहेको बताउँदै प्रतिबन्ध लगाएको छ। अन्य देशलाई पनि हुवावेको सामाग्री प्रयोग नगर्न आग्रह गरेको छ।
यसबीचमा अमेरिकी कम्पनी गुगलले हुवावेलाई अपरेटिङ सिस्टम एन्ड्रोइडसहित गुगलका अन्य फिचर्स प्रदान नगरेको हो।
यद्यपी हुवावेले आफ्नै अपरेटिङ प्रणालीको निर्माण गरी मेट एक्स लन्च गरेको छ।
सामसुङले केही महिना अगाडि सामसुङ ग्यालेक्सी फोल्ड लन्च गरेपछि हुवावेले पनि फोल्डिङ फोन ल्याएको हो।
मेट एक्स १४ दशमलब ६ सेन्टिमिटर चौडा छ। यसको मूल्य २ हजार ४ सय २२ अमेरिकी डलर रहेको बताइएको छ।
यस फोनमा ८ इन्चको ओएलइडी ट्याबलेट डिस्प्ले छ भने यो फोन फोल्ड हुँदा ६.६ इन्चको स्मार्टफोन बन्दछ।
यसमा ९८० चिपसेट प्रयोग गरिएको छ। यसमा गुगलको एन्ड्रोइड ९.० मा आधारित इएमयूआइ ९.१.१ अपरेटिङ प्रणाली जडान गरिएको छ। एजेन्सी
प्रतिक्रिया