ad ad

प्रविधि


एप्पलले रुसमा उत्पादनको बिक्रीमा लगायो रोक

एप्पलले रुसमा उत्पादनको बिक्रीमा लगायो रोक

नेपालखबर
फागुन १८, २०७८ बुधबार ८:२३, काठमाडौँ

अमेरिकी प्रविधि कम्पनी एप्पलले रुसमा आफ्ना सबै उत्पादनको बिक्रीमा रोक लगाउने निर्णय गरेको छ।

युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा एप्पलले यस्तो घोषणा गरेको हो। युक्रेनको समर्थनमा आफ्नो उत्पादन बिक्रीबारे महत्वपूर्ण निर्णय गर्ने एप्पलले पहिलो कम्पनी हो। 

एप्पलका सागै ऊर्जा कम्पनी एक्सोनमोबिलले पनि रुसमा आफ्नो काम बन्द गर्ने र लगानी रोक्ने निर्णय गरेको छ। आईफोन निर्माताले आफूहरु रुसको आक्रमणबाट निकै चिन्तित रहेको र ‘हिंसाबाट पीडित’को पक्षमा रहेको उल्लेख गरेको छ। 

यससँगै रुसमा एप्पल पे र एप्पल म्यापजस्ता सेवा पनि सीमित पारिएको छ। गुगलले रुसको सरकारी सहायता प्राप्त मिडिया आरटीलाई पनि आफ्नो फिचर्सबाट हटाएको छ। 

समाचार एजेन्सी आरआईएका अनुसार रुसको भीटीबी बैंकजस्ता एप अब आईओएस अपरेटिङ सिस्टममा रुसी भाषामा चल्ने छैनन्। 

एप्पलले आफ्नो विज्ञप्तिमा युक्रेनमा एप्पल म्याप्समा युक्रेनका नागरिकको सुरक्षाको लागि ट्राफिक र लाइभ इन्सिडेन्ट्स फिचर्स डिसेबल गरेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .