दक्षिण कोरियाली प्रविधि कमपनी सामसुङले पछिल्लो भू–राजनीतिक अवस्थालाई ध्यानमा राख्दै रुसमा आफ्नो फोन र चिप्सको व्यापारमा प्रतिबन्ध लगाएको छ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रतिबन्धको घोषणा गरेको हो। कम्पनीले भनेको छ, ‘यो जटिल अवस्थालाई नियालिराखेका छौं र अवस्था साम्य भएपछि मात्र थप निर्णय गरिनेछ।’
सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो। त्यसपछि चीनको साओमी र एप्पल रुसमा सबैभन्दा धेरै बिक्री हुने गरेका छन्।
सामसुङले रुसमा आफ्ना सामग्री बिक्रीमा रोक लगाउनुका साथै युक्रेनमा मानवीय सहायताको लागि ६० लाख डलर सहयोगको पनि घोषणा गरेको छ।
यसअघि माइक्रोसफ्टले पनि रुसमा आफ्नो सामग्रीको व्यापार रोकेको थियो। अन्य धेरै कम्पनीहरुले रुसमा आफ्नो व्यापारमा रोक लगाउने निर्णय गरेका छन्।
81
Shares
प्रतिक्रिया