ad ad

प्रविधि


नेटफ्लिक्स र टिकटकले रोके रुसमा आफ्नो सेवा

नेटफ्लिक्स र टिकटकले रोके रुसमा आफ्नो सेवा

नेपालखबर
फागुन २३, २०७८ सोमबार ९:४, काठमाडौँ

प्रविधि कम्पनीहरु नेटफ्लिक्स र टिकटकले रुसमा आफ्नो सेवा रोकेका छन्।

आइतबार नेटफ्लिक्सले रुसमा आफ्ना सेवा रोकिएको जानकारी दिएको हो।

युक्रेनमाथि आक्रमण गरेको भन्दै गत साता नेटफ्लिक्सले रुसमा आफ्नो भविष्यका सबै परियोजना रोक्ने निर्णय गरेको थियो।

यद्यपि आक्रमण झन् बढ्दै गएसँगै नेटफ्लिक्सले आफ्नो रुसको सेवा बन्द गर्ने निर्णय गरेको हो। 

त्यस्तै चिनियाँ भिडियो एप टिकटकले पनि रुसमा लाइभ स्ट्रिमिङ र नयाँ भिडियो अपलोड गर्न प्रतिबन्ध लगाएको छ।

शुक्रबार रुसले जारी गरेको नयाँ नियमबारे अध्ययनको लागि भन्दै टिकटकले यस्तो निर्णय गरेको हो। यद्यपि टिकटकको म्यासेजमा भने यसले कुनै असर नपार्ने टिकटकले बताएको छ। 

शुक्रबार रुसले अघि सारेको सामाजिक सञ्जाल कानुनको अमेरिकाले आलोचना गरेको छ।

उक्त कानुन अनुसार ‘गलत समाचार’ फैलाएको आरोपमा १५ वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .