ad ad

प्रविधि


एप्पलले ल्यायो ५जी सहितको सस्तो आईफोन

एप्पलले ल्यायो ५जी सहितको सस्तो आईफोन

नेपालखबर
फागुन २५, २०७८ बुधबार १०:४०, काठमाडौँ

अमेरिकी प्रविधि कम्पनी एप्पलले ५जी सेवा सहितको सस्तो आईफोन सार्वजनिक गरेको छ।

एप्पलले मंगलबार आईफोन एसई३ ५जी मोडल सार्वजनिक गरेको हो।

यो आईफोन सन् २०२० मा सार्वजनिक भएको आईफोन एसईको अपग्रेड भर्सन हो। एप्पलले अहिले ल्याएको नयाँ आईफोनमा ए१५ बायोनिक चिपसेटको पनि प्रयोग गरिएको छ। 

आईफोन एसई ५जीमा ४.७ इन्चको  रेटिना एचडी डिस्प्ले प्रयोग गरिएको छ। यो फोन आईओएस १५ मा चल्छ।

नयाँ आईफोन आईपी६७ बाट प्रमाणित छ। स्पिड तथा मल्टिटास्किङको लागि यो आईफोनमा ए१५ बायोनिक चिपसेट प्रयोग गरिएको छ।

यो प्रोसेसरको प्रयोग कम्पनीले आईफोन १३ सिरिजमा पनि गरिएको थियो। 

नयाँ आईफोनमा लाइभ टेक्स्ट फिचर पनि समावेश गरिएको छ। यसमा अन्य मोडलमा जस्तै टच आईडी बटन पनि हुनेछ र जसमा सुरक्षाको लागि फिंगरप्रिन्ट सेन्सर पनि हुनेछ। 

यो आईफोनको मूल्य अमेरिकामा ४२९ डलरबाट सुरु हुनेछ। यो आईफोन ६४, १२८ र २५६ जीबी गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .